गोरखाको पहरोमा भेटियो १६ किलो अवैध सुन

गोरखाको पहरोमा भेटियो १६ किलो अवैध सुन

साउन ९, काठमाडौं । 
उत्तरी गोरखाको खोर्लाबेसीबाट प्रहरीले ठूलो परिमाणमा अबैद्य सुन बरामद गरेको छ ।

मनास्लु पदमार्गअन्तर्ग पर्ने  धार्चे गाउँपालिकाअन्तर्गत खोर्लाबेसी ओडार जस्तो पहरोमा लुखाएको अवस्थामा  १६ किलो सुन फेला परेको  जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तिब्बतबाट ल्याएको  आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोर्लाबेसीका धनकमल गुरुङ छन् । उत्तरी गोरखाका खच्चड व्यवसायी गुरुङ रहस्यमय ढङ्गले बेपत्ता भएपछि प्रहरी सुन तस्करी भएको आशंकामा खोज तथा अनुसान्धान सुरु गरेको थियो ।

उनी २७ दिन अगाडिदेखि गाउँमा देखिएका थिएनन् । स्थानीयले प्रहरीलाई दिएको सूचनाका अनुसार उनले तिब्बतबाट खच्चडमा १६ किलो सुन ल्याएर आएका थिए ।

प्रहरीले पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।