नयाँ गन्तव्य खोज्दै नेपाली फिल्म, प्रेमगीत-३ चीनमा पनि प्रदर्शन हुने

नयाँ गन्तव्य खोज्दै नेपाली फिल्म, प्रेमगीत-३ चीनमा पनि प्रदर्शन हुने

काठमाडौं, १ भदौ ।
नयाँ गन्तव्यकाे खाेजीमा रहेकाे नेपाली चलिचत्र जगतले सकरात्मक फड्काे मारेकाे छ । चलचित्र 'प्रेमगीत-३' चीनमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी भाषामा भारतमा पनि प्रसारण हुने यस फिल्म अब चिनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो । 

फिल्म चीनमा प्रदर्शन गर्नका लागि मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेकोसमेत निर्माण पक्षले जनाएको छ ।

यूएफओले नै चलचित्र चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्ने बताइएको छ ।

चलचित्रमा प्रदीपसँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । 

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज हुने तयारीमा रहेको छ ।