अनमोल अभिनित फिल्म 'छड्के-२' को छायांकन चितवनबाट सुरु

अनमोल अभिनित फिल्म 'छड्के-२' को छायांकन  चितवनबाट सुरु

काठमाडौं, ३ भदौ । 
अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को शुक्रबार चितवनमा शुभमुहुर्त गरिएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको मुहुर्तसंगै छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ। 

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिकामा देखिने छन्।  छायांकन सेटबाट बाहिरिएको एक तस्बिरमा अनमोल जाडोको लुगामा देखिएका छन्। 

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन्।