‘सम्झिनी पानी छम्किनी’ नाममा फिल्म बनाउदै गायक सम्राट

‘सम्झिनी पानी छम्किनी’ नाममा फिल्म बनाउदै गायक सम्राट

काठमाडौं, ९ भदौं ।
केहि महिना अघि सार्वजनिक भएर सामाजिक सञ्जाल तथा टिकटकमा अत्याधिक रुचाइएको गीत ‘सम्झिनी पानी छम्किनी’ अब फिल्मका रुपमा दर्शकमाझ आउने भएको छ । 

आफ्नो गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम बढिरहेका बेला गायक तथा मोडल सम्राट चौलागाइँले आफ्नो लोकप्रिय गीत  ‘सम्झिनी पानी छम्किनी’ नामलाई लिएर फिल्म बनाउन नै लागेका हुन् ।

करिब एक महिना अगाडि नै  ‘सम्झिनी पानी छम्किनी’ बोलको तिज गीत समेत सार्वजनिक भएको थियो। 

गीत हिट भएपछि सम्राटले तिज गीत समेत बनाएका थिए, उक्त तिज गीत समेत दर्शकले मन पराएपछि तिज गीत समेत हिट भएपछि गायक सम्राटले सोही नाममा चलचित्र बनाउने तयारी गरेका हुन् ।

हाल चलचित्रको स्क्रिप्ट लेख्ने काम सुरु भएको र उक्त चलचित्रलाई निर्देशक विक्रम स्वाँरले निर्देशन जनाइएको छ । 

कमेडी जनरामा निर्माण हुने फिल्ममा मल्टीस्टार कलाकारको अभिनय रहने बताइएको छ ।