बक्स अफिसको सफल चलचित्र 'बुलबुल' लाई तीन अवार्ड
१९ पुस, काठमाडौं ।
नेपाली चलचित्र 'बुलबुल'ले तीन वटा अवार्ड हात पारेको छ ।
चलचित्रले इन्ड्युस भ्याली इन्टरनेशनल फिल्म फेष्टिभलबाट बेस्ट एक्टर फिमेल, बेस्ट एक्टर मेल र बेष्ट डिरेक्टरतर्फ अवार्ड हात पारेको हो ।
कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो । बिनोद पौडेलले निर्देशन गरेको यो चलचित्रले अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।
चलचित्र बुलबुल मा अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुसालले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
ट्याम्पु चालक महिलाको कथामा बनेको 'बुलबुल' नेपाली बक्स अफिसको सफल चलचित्र हो ।
Facebook Comments