चलचित्र ‘२ नम्बरी’ मा पललाई हटाएर सौगातको प्रवेश

चलचित्र ‘२ नम्बरी’ मा पललाई हटाएर सौगातको प्रवेश

२ चैत, काठमाडौं । 
कोरोना महामारी कारण बीचमै छायाँकंन कार्य रोकिएको चलचित्र ‘२ नम्बरी’मा पल शाहको स्थानमा अर्का अभिनेता सौगात मल्लको प्रवेश भएको छ । 

नायक पल शाह प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले पललाई हटाएर नायक सौगात मल्ललाई अनुवन्धित गरेको हो । सौगात मल्ल अनुवन्धित भएसँगै चलचित्रको मुख्य कलाकारको लाइनअप पुरा भएको छ ।

प्रस्तुतकर्ता किरण नेपालीले चैत १५ गतेदेखि फिल्म छायांकन सुरु हुने बताए । उक्त चलचित्र आगामी कात्तिक ४ गते तिहारको छेकोमा प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रले २ साथीको मित्रताको कथा भन्नेछ ।

चलचित्रका निर्देशक दीपेन्द्र लामा हुन् भने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् ।