ट्रेलरमा हेर्नुहोस् ‘चपली हाइट ३’ (भिडियोसहित)
३ मंसिर, काठमाडौं ।
चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्र निर्माण युनिटले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
सो कार्यक्रममा आगामी पुष २ गते चलचित्र सार्वजनिक मिति समेत तोकिएको छ । यसअघि २०७६ साल चैत २८ लाई प्रदर्शन मिति तोके पनि कोरोना महामारीका कारण चलचित्र प्रदर्शनमा आउन सकेको थिएन ।
अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशन रहेको ट्रेलरमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापालगायतका कलाकारलाई प्राथमिकता दिइएको छ ।
यसका साथै चलचित्रमा प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा आकाश बरालको कथा तथा संवाद छ ।
Facebook Comments