जापनिज गीतमा नम्रताको अभिनय
५ माघ, काठमाडौं ।
नायिका नम्रता सापकोटाले जापनिज गीतमा अभिनय गरेकी छिन्।
नेपालमा जन्मिएर जापानको राजधानी टोकियोमा हुर्किएका गायक बज्र गुरुङ यमदा एकिहिकोको शब्द, संगीत तथा स्वर रहेको आइताकु नारु बोलको गीतको भिडियोमा नम्रताले अभिनय गरेकी हुन् ।
गीतमा रत्नशोभा महर्जन, दीपा मर्हजन, तथा रानीशोभा महर्जनको कोरस स्वर रहेको छ।
गीतको भिडियोमा नम्रताका साथमा बज्र तथा विकेश तण्डुकारको अभिनय रहेको छ।
अमृत सुनुवारको निर्देशन तथा छायांकन रहेको गीतको भिडयो माधव बेलवासेले सम्पादन गरेका छन्।
Facebook Comments