प्रताप र अस्मिताको ‘तिमी हौ तिमी’ मा आर्यन र पूजाको जोडी

प्रताप र अस्मिताको  ‘तिमी हौ तिमी’ मा आर्यन र पूजाको जोडी

४ फागुन, काठमाडौं । 
गायक प्रताप दास र गायिका अस्मिता अधिकारी स्वर रहेका  ‘तिमी हौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शिशिरजय खरेलको शब्द तथा संगीत रहेको छ । 

प्रेमी र प्रमिकाबीचको प्रेमभाव प्रस्तुत गरीएको यो गीतको भिडियोमा आर्यन सिग्देल र पूजा शर्माले अभिनय गरेका छन् । 

विषम आचार्यले एरेन्ज गरेको यस गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् भने भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । 

हेर्नुहोस् भिडियो...