नारी शक्तिको विषय उठाएकाे ‘राधा’ भदौ १० देखि प्रदर्शनमा आउने

नारी शक्तिको विषय उठाएकाे ‘राधा’ भदौ १० देखि प्रदर्शनमा आउने

१ भदौ, काठमाडौं ।

विक्रम डी जोशी (विक्की) निर्माता रहेको फिल्म हो ‘दि सिक्रेट्स अफ राधा’ आगामि भदौ १० देखि प्रदर्शनमा आउने भएको छ ।

सुवर्ण थापा निर्देशित ‘राधा’ निर्माणमा बिक्कीलाई अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टिम अप’ गरेका छन् । 

पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान, लोकेन्द्र लेखक, पशुपति राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक सुवर्णकै लेखन रहेको फिल्म चित्लाङ र काठमाडौमा खिचिएको हो । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छाँयाकार नरेन्द्र मैनाली हुन् । 

फिल्मले नारी शक्तिको विषय उठाएकाे छ ।