मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको छ : अध्यक्ष दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको छ : अध्यक्ष दाहाल
तस्विर सौजन्य : kathmandupost

फागुन २८, काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बताएका छन्। 

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले आफूसँग छलफल गरेको जानकारी दिए। 

सरकारलाई थप गतिशिल बनाउन मन्त्रिपरिषद् परिवर्तन गर्ने विषयमा प्रधानमनत्रीले सल्लाह मागेको बताउदै दाहालले भने, तपाईंको क्षेत्राधिकारभित्रको विषय भएकाले आफैं निर्णय गर्नुस् भन्ने सुझाव दिएँ।’

दाहालले सीके राउत समूहलाई संवैधानिक मूलधारमा ल्याउन सरकार सफल भएको पनि बताए। सरकारसँग सहमतिपछि राउत समूहले गरेका क्रियाकलापहरू कार्यकर्ता व्यवस्थापनका लागि भएको बताउदै उनले भने ‘कार्यकर्ता मिलाउन केही समय लागेको हुन सक्छ हतार गर्न जरुरी छैन।’