नवनिर्वाचित सभामुख अग्नि सापकोटाले लिए शपथ

नवनिर्वाचित सभामुख अग्नि सापकोटाले लिए शपथ

१३ माघ, काठमाडौं । 
नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सोमबार सभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन् । 

आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटालाई संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 

 शपथ ग्रहणपछि सभामुख सापकोटाले सोमबार नै कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका छन् । 

 नवनिर्वाचित सभामुख सापकोटाले आफ्नो विरोधमा भइरहेको प्रदर्शनलाई लोकतन्त्रको अंगको रुपमा आफुले लिएको बताएका छन् । 

राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै संसद सचिवालयमा रहेको कार्यकक्षमा पदभार ग्रहण गरेपछि सभामुख सापकोटाले नागरिक समाजका तर्फबाट भएको प्रदर्शनबारे उनले भने, ‘लोकतन्त्रमा विरोध भइरहन्छ । यसलाई अन्यथा लिएको छैन ।’

हत्या अभियोगबारे सभामुख सापकोटाले भने, ‘यो विषय सर्वोच्च अदालतमा विचाराधिन छ, अदालतमा रहेको विषयमा नबोलौँ ।’ 

यस्तै एमसिसीलाई अध्ययन गर्नु पर्ने बताएका उनले याे हताराेकाे विषय नभएकाे बताए ।  उनले कारागार ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद बैठकमा पेश गर्ने निर्णय गरेर पदभार ग्रहण गरेका हुन् ।