बलिउड चलचित्र ‘एनिमल’ मा अभिनय गर्दै विपिन कार्की

बलिउड चलचित्र ‘एनिमल’ मा अभिनय गर्दै विपिन कार्की

२८ पुस, काठमाडौं । 
नेपाली कलाकार बलिउड चलचित्रमा अभिनय गर्ने क्रम बढेको छ । नायिका स्वस्तिमा, आचाँलले बडिउडमा पाइला चालिसकेका छन् भने केहि अन्य कलाकारहरुले पनि बलिउडमा अभिनय गरिसकेका छन् । सोहि शिलसिलामा नेपाली अभिनेता  विपिन कार्काीले पनि बलिउड चलचित्रमा अभिनय गर्ने भएका छन् । 

विपिनले रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडा लगायत कलाकारको अभिनय रहने चलचित्र  ‘एनिमल’ मा अभिनय गर्ने भएका हुन् । 

औपचारिक सम्झौता नभएपनि चलचित्रमा अभिनय गर्ने पक्कापक्की भएको उनीनिकट स्रोतले बताउछ। 

सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ निर्माण युनिटले चलचित्रको फष्टलुक समेत सार्वजनिक गरेको छ ।

थुप्रै सफल नेपाली चलचित्रमा मुख्य भूमिकामा अभिनय गरिसकेका विपिनको यो पहिलो बलिउड चलचित्र हो । विपिनले केही अगाडि ‘रेड सुटकेस’ फिल्म अभिनय सकाएका छन् । 

उनको पछिल्लो चलचित्र सेल्फी किङ हेरेर प्रभावित भएपछि सो  ‘एनिमल’ निर्माण युनिटले अफर गरेको जनाइएको छ ।