लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

२८ पुस, काठमाडौं । 
कोरोनाका कारण भारतको अवस्था भयावह बन्दै गएको छ । स्वरकी धनी लता मंगेशकर पनि यसको सिकार भएकी छन् । 

उनलाई संक्रमणको हल्का लक्षण देखिए पनि सावधानीका रुपमा ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको बताइएको छ ।

चिकित्सकका अनुसार लता मंगेशकरलाई कोरोना र निमोनिया दुबै छ । ९२ वर्षीया लतालाई पनि सन् २०१९ नोभेम्बरमा निमोनिया भएको थियो । त्यतिबेला उहाँलाई सास फेर्न पनि गाह्रो भएको थियो र २८ दिनसम्म अस्पतालमा भर्ना भएकी थिइन् ।

ब्रीच क्यान्डी अस्पतालका डाक्टर प्रतीक समधानीका अनुसार लता मंगेशकरलाई शनिबार राति अस्पताल भर्ना गरिएको थियो । 

लता मंगेशकर निमोनियाबाट पीडित छिन् ।