सामाजिक सञ्जाललाई रोक लगाउने हैन मर्यादित बनाउने हो : मन्त्री बास्कोटा

सामाजिक सञ्जाललाई रोक लगाउने हैन मर्यादित बनाउने हो : मन्त्री बास्कोटा
तस्विर सौजन्य : रिपब्लिका

९ फागुन, काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई सरकारको मनसाय रोक लगाउने नभइ  मर्यादित बनाउने रहको बताएका छन् । 

बिहीबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले बढ्दो साइबर क्राईमलाई नियन्त्रण गर्दै समाजिक सञ्जाल लगायत प्रविधिलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले विधेयक ल्याएको स्पष्ट पारे ।

उनले सूचना प्रविधिको विकास तथा प्रवद्र्धनको सम्बन्धमा आवश्यक व्यवस्था गर्न बनेको विधेयकले सूचना प्रविधिको दुरुपयोगले समाजमा पर्न सक्ने नकारत्मक असरलाई कम गर्ने दाबी गरे ।  

समग्र सुचना प्रविधिलाई व्यवस्थित र मर्यादित बनाउन ल्याईएको विधेयकमाथि भ्रमात्मक ढंगले सूचना सम्प्रेषण नगर्न पनि उनले आग्रह गरे ।