प्रतिक्षा शुक्लालाई 'मिस नेपाल युएस २०२१' को उपाधि

प्रतिक्षा शुक्लालाई 'मिस नेपाल युएस २०२१' को उपाधि

ऐजेन्सी, ११ असोज । 
‘मिस नेपाल युएस २०२१’ को ताज प्रतिक्षा शुक्लाले जितेकी छन् । 

मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको फिनालेमा  १० प्रतिस्पर्धीलाई पछि पार्दै विजेता घोषित भएकी हुन् ।

त्यस्तै प्रतियोगितामा कला न्यौपाने फस्ट रनरअप एलिसा लिम्बु सेकेन्ड रनरअप घोषित भए । विजेताले क्रमशः १५००, १००० र ५०० अमेरिकी डलर जिते । सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । जसमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।

प्रतियोगिताको शीर्ष दशमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्यासा थापा तथा एलिशा लिम्बु पुगेका थिए ।