एनसेल बम काण्डमा विप्लवको संलग्नता छ : गृहमन्त्री थापा

एनसेल बम काण्डमा विप्लवको संलग्नता छ : गृहमन्त्री थापा
तस्विर सौजन्य : the kathmandu post

फागुन १२, काठमाडैं । एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका छन् ।

आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै गृहमन्त्री थापाले भने, ‘यो घटना पनि विप्लव तत्त्वले नै घटना घटाएको सूचना आएको छ । विगतमा बम विस्फोटको शृङ्खला सोही पार्टीले घटाउँदै आएको थियो । समानान्तर सत्ताको अभ्यासका लागि उनीहरुले यस्तो हर्कत गर्दै आएका छन् ।’

नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै उनले भने '२०/२१ जिल्लामा टावरमाथि आक्रमण भएका छन्, हालसम्म यस घटनामा १६ जना अभियुक्तहरु पक्राउ परेका छन् ।' 

घटनाबारे थप अनुसन्धान भइरहेको बताउदै  अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए ।