कोरोना भाईरस संसारका ७० प्रतिशत मानिसमा फैलन सक्ने विज्ञको भनाइ
२० फागुन, एजेन्सी ।
ससारभरि दुर्त गतिमा फैलिरहेको कोरोना भाईरस संसारभरका ७० प्रतिसत मानिसमा फैलन सक्ने एक विज्ञले बताएका छन् ।
सीबीएस न्यूजले सोमबार प्रसारण गरेको एक अन्तरवार्ता हार्वर्ड विश्वविद्यालयका एपिडेमिलोजिस्टले संसारभरका ४० देखि ७० प्रतिसत मानिसमा सर्न सक्ने बताएका हुन् ।
विज्ञका अनुसार कोरोना भाईरसको संक्रमण भएका केही ब्याक्तिले कुनै लक्षण नदेखाउन पनि सक्छन । कोरोनाको संक्रमणको जोखिम उमेरसँगै बढ्ने देखिएपनि अति आवश्यक काममा बाहेक बाहिर नहिड्न र अन्य रोगका बिरामीको प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले बाहिन नजान सुझाव दिएका छन् ।
कोरोनाभाइरसले संयुक्त राज्य अमेरिकामा कम्तिमा १०० जना भन्दा बढिलाई संक्रमित गरिसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हप्किन्स विश्वविद्यालयका तथ्यांकका अनुसार हालसम्म अमेरिकामा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
Facebook Comments