राष्ट्रिय टोलीका गोलरक्षक प्रशिक्षकमा विकास मल्ल नियुक्त

राष्ट्रिय टोलीका गोलरक्षक प्रशिक्षकमा विकास मल्ल नियुक्त

२० साउन, काठमाडौं । 
अखिल नेपाल फुटबल संघ ९एन्फा०को प्राविधिक समितिले राष्ट्रिय टिमका पूर्व गोलरक्षक विकास मल्ललाई राष्ट्रिय टोलीका गोलरक्षक प्रशिक्षकमा नियुक्ति गरेको छ । 

सन् २००५ देखि २०१३ सम्म राष्ट्रिय टिमबाट खेलेका नेपाली राष्ट्रिय टिमका पहिलो रोजाइका गोलरक्षक विकास  त्रिभुवन आर्मी क्लबका पूर्व कप्तान समेत हुन्।

गोलरक्षक प्रशिक्षकको सी लाइसेन्स लिएका विकासले जापानका हिरो मित्सुमारुको स्थानमा प्रतिस्थापन गर्नेछन्।

विकासले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपाली टिममा गोलरक्षक प्रशिक्षकमा काम गर्नेछन्।