नाजीर र स्वस्तिमा अभिनीत ‘हाम्रो माया’ सार्वजनिक

नाजीर र स्वस्तिमा अभिनीत ‘हाम्रो माया’ सार्वजनिक

३ मंसिर, काठमाडौं । 
गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको स्वरमा रहेको गीत  ‘हाम्रो माया’ बोलको भिडियो सार्वजनिक भएको छ ।

अभिनेता नाजीर हुसेन र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड यस गीतको भिडियो निर्देशक शान थापाले निर्देशन गरेका हुन् । 

गीतमा दिनेश थपलियाको शब्द, दीपक शर्माको संगीत, योगेश काजीको एरेञ्ज रहेको छ । 

श्याम स्वेत रसाइलीको मिक्सिङ रहेका यस गीतमा राजीव शर्माको कोरियोग्राफी छ ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक भिडियो नेपाली युट्यव ट्रेन्डिङमा छ ।