आईसीसी बैठकमा नेपाल क्रिकेट संघको निलम्बन फुकुबारे कुरा चलेन

आईसीसी बैठकमा नेपाल क्रिकेट संघको निलम्बन फुकुबारे कुरा चलेन
तस्विर सौजन्य : icc

साउन ३, काठमाडौं । 
बिगत ३ वर्षदेखिको निलम्बनमा परेको नेपाल क्रिकेट संघको निलम्बन फुकुवा जुलाइमा हुन सक्ने अनुमान लगाइएपनि उक्त अनुमान पुरा हुन सकेन । 

बिहीबार लण्डनमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बोर्ड बैठकले अन्य विषयमा निर्णय गरे पनि क्यान निलम्बनबारे कुनै छलफल नगर्दा  निलम्बन फुकुवा हुन सकेन्।

आईसीसीले जिम्बाबे क्रिकेट संघलाई निलम्बन गर्ने निर्णय बिहीबारको बोर्ड बैठकले गरेको छ । जिमब्बाबे सरकारको हस्तक्षेप बताउँदै आईसीसीले तत्काल कार्यन्वयन हुने गरि त्यहाँको क्रिकेट संघलाई निलम्बन गरेको हो ।

आईसीसीको बोर्ड बैठकले अन्य धेरै विषयमा निर्णय गरे पनि नेपालबारे भने छलफल नै प्रारम्भ गरेको छैन ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाललाई २०७३ सालको वैशाखमा निलम्बन गरेको थियो । त्यसयता नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सफलता हात पारिरहँदा क्यानमाथिको निलम्बन भने हटेको छैन ।