भारतबाट पठाइको इन्धन पहिलोपटक पाइपलाइनबाट नेपालमा

भारतबाट पठाइको इन्धन पहिलोपटक पाइपलाइनबाट नेपालमा
तस्विर सौजन्य : द हिमालयन टाइम्स

साउन ३, काठमाडौं । 
भारतको पटनाबाट पाईपलाईन परीक्षणका लागि पठाईएको इन्धन शुक्रवार बिहान अमलेखगञ्ज आईपुगेको छ ।

पटना–मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको परिक्षणका लागि इंडियन आयल काँर्पोरेशन लिमिटेड (आईओसी) ले बिहिवार बिहान १० बजे पटना डिपोबाट पहिलोपटक पठाएको डिजेल शुक्रबार बिहान ६ बजे अमलेखगञ्ज आईपुगेको नेपाल आयल निगमको पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताए । 

यसअघि पाइपलाइनबाट पठाएको पानी विहिवार राती २ बजे अमलेखगञ्ज आई पुगे पछि परीक्षणको लागि एक हजार किलोलिटर लिटर डिजल पठाइएको थियो । सो डिजेल शुक्रबार १ बजेसम्म आइ पुगेका शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख यादवले बताए ।

पटनादेखि मोतीहारी १९८ किलोमिटर, मोतीहारीदेखी रक्सौल ३३ किलोमिटर र रक्सौलदेखि अमलेखगंज ३५ किलोमिटरगरि भारत बिहारको पटनादेखि अमलेखगञ्जसम्मको पाइपलाइन २६८ किलोमिटर दुरी रहेको पटना मोतीहारी बेतालपुर पाइपलाईन (एमएपीएल) परियोजना मुख्य निर्माण प्रबंधक राजेश सोनकरले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणका बेला दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर पाईपलाईन निर्माण कार्यको शिलान्यास गरेका थिए।