यस्तो छ भूपि शेरचनको कविताबाट प्रभावित 'चिसो एस्ट्रे' को ट्रेलर

यस्तो छ भूपि शेरचनको कविताबाट प्रभावित 'चिसो एस्ट्रे' को ट्रेलर

१२ फागुन, काठमाडौं । 
आगामी चैत ४ गतेबाट सार्वजनिक हुने फिल्म ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ। 

काठमाडौंको कुमारी हलमा कार्यक्रमको आयोजना गरी दिनेश पाल्पालीको निर्देशनमा बनेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । 

गाउँबाट शहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छ भन्ने कथालाई चलचित्रमा देखाइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिन्स पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित फिल्म तयार गरेको बताए।

दिन्स पाल्पालीकै लेखन रहेको यो चलचित्रमा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमिल्सिनाले प्रस्तुत गरेका हुन् ।