'इनफ इज इनफ'का ५ जना अभियन्ता प्रहरी नियन्त्रणमा

'इनफ इज इनफ'का ५ जना अभियन्ता प्रहरी नियन्त्रणमा

१४ साउन, काठमाडौं । 
गृह मन्त्रालयमा सूचनाको हकको निवदेन दिन पुगेका 'इनफ इज इनफ' अभियानका अभियन्ता पुकार बमलगायत  ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरुलाई बुधबार दिउसो महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले  जनाएको छ ।

पक्राउ पर्नेमा बमका अलावा प्रमेश श्रेष्ठ, समुद्र केसी, सुदन श्रेष्ठसहित छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको र उनीहरुले त्यहीं अनसन घोषणा गरेको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएका छन् । 

'गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न गाएका ईनफ ईज ईनफ अभियानका ५ अभियन्ता साथीहरूलाई प्रहरीले गैरकानुनि हिसाबले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ, अभियन्ता साथीहरूले सोहि स्थानबाट अनसनको घोषणा गर्नुभएको छ पाण्डेले फेसबुकमा लेखेका छन् !'

बमलगायतले मंगलबार स्वास्थ्यमन्त्री, विभिन्न विभागका प्रमुखको सम्पत्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी पनि दिएका थिए ।