फेवातालमा प्याराग्लाइड खस्दा एक बिदेशी नागरिकको मृत्यु

फेवातालमा प्याराग्लाइड खस्दा एक बिदेशी नागरिकको मृत्यु

फागुन १९,काठमाडौं । पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको एउटा प्याराग्लाइड फेवातालमा खस्दा एकजना विदेशी नागरिकको मृत्यु भएको छ।

आइतबार सराङकोटबाट बिहान ११ बजेतिर उडेका प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा ११ बजेर १८  मिनेट जाँदा तालमा खसेको थियो ।

प्याराग्लाइड फेवातालमा खसेर दुर्घटना हुँदा घाइते रोमानियाली पर्यटकको ज्यान गएको छ । ज्यान गुमाउनेमा  ४२ वर्षका रोमानियाका नागरिक  रहेको प्रहरीले जानकारी दिएको छ । 

घाईते इडिइकेडिलाई तालबाट उद्धार गरेर तुरुन्तै उपचारको लागि पोखराको मेट्रोसिटी हस्पिटलमा ल्याइए पनि उनलाई अस्पताले मृत घोषणा गरेको हो।

उनी ब्यूस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उँडेका थिए।