त्रिकोणात्मक सिरिज : नेपालसँग अमेरिका नेपाल ८ विकेटले पराजित

त्रिकोणात्मक सिरिज : नेपालसँग अमेरिका नेपाल ८ विकेटले पराजित

२९ माघ, काठमाडौँ । 
आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तगर्तको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पारेको छ। 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिका‍माथि ८ विकेटको जित हात पारेको हो। 

अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५.२ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो लक्ष्य पुरा गर्दै कीर्तिमानी जित निकालेको छ । अमेरिकाले नेपालविरूद्ध बनाएको ३५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा अर्को सबैभन्दा कम योगफल हो। सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई पनि ३५ रनमै अलआउट गरेको थियो। 

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो । नेपाली स्पिनर बलर चम्किएपछि अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

खेलमा नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने । यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए ।

नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।

अमेरिकामाथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ ।