२४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण

२४ घण्टामा  थप ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं, ३२ साउन । 
पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ४१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा थप  ६ सय ४१ जनामा कोरोना सङ्क्रण देखिएपछि संक्रमितको कुल सङ्ख्या २६ हजार ६ सय ६०  पुगेको जानकारी दिएका छन् । 

यस्तै गएको २४ घण्टामा थप १ सय ३४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १७ हजार ३ सय २५ पुगेको छ । 

साथै पछिल्लो २४ घण्टामा थप २ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ४ पुगेको मन्त्रालयले जनाएको छ ।