धोनी पछि रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं, ३१ साउन ।
भारतीय क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
पूर्वकप्तान महेन्द्र सिहं धोनीले सन्यासको घोषणा गरेको एक घन्टा बित्न नपाउँदै ३३ वर्षीय रैनाले पनि सन्यासको घोषणा गरेका छन् ।
सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् ।
भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी-ट्वान्टीमा १६ सय ५ रन बनाएका थिए ।
त्यस्तै उनले बलिङतर्फ टेस्ट म्याचमा १३, एकदिवसीयमा ३६ र टी-ट्वान्टीमा क्रिकेटमा १३ विकेट लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि रैनाले फ्रेन्चाईज क्रिकेट भने खेल्ने छन् ।
Facebook Comments