सरकारद्वारा असार २१ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानमा रोक

सरकारद्वारा असार २१ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानमा रोक

जेठ ३२, काठमाडौं ।
सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक  व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले असार २१ सम्म आन्तरिक एवं बाह्य हवाई उडानमा रोक लगाउने  निर्णय गरिएको बताएका छन् । 

यसअघि सरकारले जेठ ३२ गते सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो । जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले व्यावसायिक उडानलाई असार २१   गतेसम्म प्रतिबन्ध लगाएको हो।

व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्नरगराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ ।