काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द

१३ वैशाख, काठमाडौं । 

काठमाडौं उपत्यका भित्र वैशाख १६ गते विहान ६ बजेदेखि लागु हुने गरि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बैठक बसि एक आदेश जारी गरी अत्यावश्यक सेवा बाहेकका सेवा बन्द हुने जानकारी गराएका छन् ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि सो अवधीभर सार्वजनिक एवं नीजि सवारी साधन सञ्चालनमा समेत रोक लगाएका छन्।

अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लामा आउन प्रतिवन्ध लगाउने निर्णय समेत आदेशमा छ ।

एम्बुलेन्स, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, खानेपानी, स्वास्थ्य, बैंक, वित्तिय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने निर्णय समेत भएको छ ।