सरिता गिरी देशद्रोही हुन ?

सरिता गिरी देशद्रोही हुन ?
सरिता गिरी देशद्रोही हुन ?

-कृष्ण ज्ञवाली

राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय एकता उपर खलल हुने कार्य गर्ने व्याक्ति देशद्रोही हुन । संसारमा निकै देशमा त्यो कानुन छ । अनि त्यस्ता व्याक्तिको कार्यमा सहभागी हुनेलाई समान रुपमा कारवाही हुने कुरा नेपालको कानुनमा छ ।

नेपालको सबैभन्दा सजिलो पेशा अपनाएकी सरिता गिरीले राष्ट्रिय एकता अखण्डता तथा सार्वभौमसत्ताको विरोधमा बोलेकी छिन् । यस्तो बोल्ने तथा कार्य गर्ने अधिकार नेपालको संविधानले दिएको छैन् । तसर्थ यस्तो कार्य गर्ने व्याक्ति देशद्रोही हो ।

गत शनिबार (नेपालको आईतबार राति ) बिहान उठेर फेसबुक चलाउदा देशले संविधान संशोधन गरेर नयाँ नक्सा जारी गरेकोमा देश विदेशका नागरिकबाट नेपाली जनतालाई बधाई तथा शुभकामना दिइरहेका बेला फेसबुकमा एकजनाले सरिता गिरीको भिडियो पोष्ट गरि उनको बारेमा वकालत गरिन । त्यो देखेपछि सरिताको फरियाधारी विरुद्द लेख्न कलम चल्यो । त्यसपछि सुरु भयो अनुसन्धान ।

नाम हो शितल (नाम परिबर्तित)। सुदुरपस्चिम तिर पढाउदि रहेछिन ! उनको त्यो फेसबुकको पोस्टले दिमाग ततायो ! त्यसपछि उनको बारेमा खोजि गरियो।  भारत बाट नेपाल आइ नेपाली संग बिहे गरेर नेपाली नून (मनिषा लाई भारत मा भनेको ) खाएर बसेकी रहेछिन । यस्ता शितल जस्ता सरिताका रुपधारीले राष्ट्रिय अखण्डता धबा बोल्दै गर्दा सहने कुरै हुदैन ।  त्यसपछि शितलको बारेमा बुझ्न थालियो । पहिलेका पोष्टहरु हेर्दा भारतिय कुराहरु निकै देखियो । पछि ब्रिटिस काउन्सिल तथा अंग्रजी भाषाका बारेमा पोष्टहरु भेटियो । त्यसपछि, उनको पृष्ठभूमि खोज्न थालियो । किन पृष्ठभूमि खोज्नु जरुरी थियो? देशमा खुशीयाली छाँउदा जसले एउटा देशद्रोहीको पक्षमा वकालत गर्छ, उ पक्कै पनि राष्ट्रिय एकता तथा अखण्डताको विरोधमा हुन्छ । नेतालाई गाली गर्नु, कुनै मुद्दामा बहस चलाउनु जुन कुराले राष्ट्रिय अखण्डतामा आँच पुर्याउदैन, त्यस्तामा बहस गर्न पाइन्छ । तर सिंगो देश राष्ट्रिय अखण्डताको पक्षमा उभिदा गिरी जस्ता व्याक्ति संसद पदमा रहिरहनु लज्जास्पद हो ।

गिरीलाई जेल कोच्न सकिन्छ ! नेपालको फौजदारी कसुर भाग- २ अन्तरगत परिच्छेद- १ को ४९ नम्बरमा लेखिएको छ राज्यविरुद्यको कसुर । उक्त कसुर अनुसार यिनलाई जेल हाल्न सकिन्छ । उक्त कानुनको (क) उपदफा (१) वा (२) बमोजिमको राष्ट्रियता, राष्ट्रिय एकता तथा अखण्डता अनुरुप जन्मकैद जेल हाल्न सकिन्छ ।

गिरीको धम्की ! बंगलादेशको निमार्ण कसरी भएको थियो? थाहा छ तपाईहरुलाई भन्ने प्रश्न पत्रकारलाई सोध्दै आफै उत्तर दिइन । महिलाहरुले गर्दा भएको रे बिचरा धमला जस्ता पत्रकार छन् के प्रतिप्रश्न गर्नु? थाहा हुनु पर्यो नि इतिहास । बंगलादेश एउटा छुटै देश हुनु अगाडी ठूलो जनयुद्य भएको थियो तत्कालिन पाकिस्तानमा । भारतले सैन्य सहयोग गर्यो । १० लाख मान्छे मारिए । करोडौँ मानिसहरु शरण लिन पुगे । पछि बंगलादेश एक स्वतन्त्र देश भयो । नेपालको त्यो अवस्था छैन । हिमाल, पहाड र तराई सबै एकजुट छन् शिवाय गिरी । नेपाललाई टुक्राउने धम्की दिनु, अनि जनताले सहनु ?

अर्को धम्की आत्महत्या को ! संसारमा थुप्रै मान्छेले आत्महत्या गर्छन । मर्छन । कति आत्महत्या गर्दा गर्दै बाच्छन् । यो लेख्दा कतै अमानविय त भइएन भनेर सोचे । मेक्जिय गोर्कोको मदर भन्ने उपन्यास सम्जिए । आफ्नै देशद्रोही सन्तानको बली चढाएको कुराले उत्साही बनायो । भोली सबै अपराधीहरुले आत्महत्या गर्छु भन्दै हिड्ला? सक्छौ भने गर, गिरी । आत्महत्या गर्न आँट चाहिन्छ गर्यौ भने पनि देशद्रोही थिइन, बाँच्न सकिनन्, गइन भनौँला । कोरोनाले लाखौँ मरिरहेका बेला जाबो १ जना त्यो पनि राष्ट्रिय एकताको बिरोध गरिरहेको मान्छे मर्दैमा सिंगो देश सकिदैन, बरु एक जना देशद्रोही कम हुन्छ, नेपाली भूमिमा । हस् शुभकामना । भिरबाट लड्ने गोरुलाई काँध थाप्नु हुदैन र सकिदैन ।

महिलाको मुद्दा ! म महिला हु, मलाई गाली गरे । धन्न कालोमोसो लगाएर सडक परिक्रमा गराएका छैनन्, पत्रकारले जुत्ता हानेका छैनन् । राम्रो शब्द बोल्नका लागि राम्रो कार्य गर्नुपर्यो नि? माइतीको कुकुर पनि प्यारो भयो होलानी भनेर फेसबुकमा एक जना भद्रको कमेन्ट पढे । महिलाको मुद्दामा कुरा पुगेपछि माइतीको कुकुरनी पनि प्यारो हुन्छ भन्नु पर्ने होला । सरिता गिरीका नकाबधारीहरु ! शितल, सरिता गिरी जस्ता व्याक्तिको प्रतिनिधीपात्र हुन् ।

अहिलेको अवस्थामा राज्यको सुरक्षा निकायले यस्ता व्याक्तिहरुमाथी नजर राख्नु पर्दछ ताकि यस्ताहरुको जमात बढ्दै नजाओस् । सामान्य कुराहरु लेख्दा जेल कोच्ने प्रहरी राष्ट्रिय एकतामा खलल पुर्याउने दुर्सहास गर्ने शितल जस्तालाई जेल कोच्न किन पछि पर्छ ? यस्ता व्याक्तिको प्रदाफास गर्नु हरेक नेपाली नागरिकको कर्तब्य हो । ओली सरकार तथा सम्पूर्ण नेपालीको एकताको प्रतिफल स्वरुप नँया नेपालको नक्सा जारी भएको छ । यसलाई अन्तराष्ट्रिय वैधानिकता दिन नेपाल सरकार लागोस । हामी सबैलाई शुभकामना ।