आमा बनेपछि पहिलोपल्ट ‘सक्किगोनि’ मा फर्किइन् रक्षा
काठमाडौं, ६ साउन ।
नेपालको सबैभन्दा बढी युट्युब ट्रेन्डिङमा पर्ने हाँस्य टेलिसिरियल हो सक्किगोनि । सक्किगोनिमा विगत एक वर्षभन्दा बढी समयदेखी नदेखीएकी रक्षा टेलिसिरियलमा फर्किएकी छिन् ।
‘सक्किगोनिमा ‘रक्षा’ पात्रको भूमिका निर्वाह गर्दै आएकी रक्षा श्रेष्ठ बिहिबार प्रशारण हुने नयाँ भागबाट कार्यक्रममा देखिने भएकी छिन्।
आमा बन्ने भएपछि उनले केही समयका लागि ब्रेक लिएकी रक्षाले २ महिना अघि मात्रै उनले छोरीलाई जन्म दिएकी थिइन्।
कोरोना महामारीमा जारी गरिएको लकडाउनमा कहि समयका लागि बन्द भएको टेलिसिरियल केहि सातायता निरन्तर प्रशारण भइरहेको छ । सक्किगोनि प्रायः नेपाली युट्युब ट्रेन्डिङमा छाइरहने कार्यक्रम हो ।
कूनै समय सबैभन्दा चर्चित बनेको टेलिसिरियल ‘भद्रगोल’ मिडिया हबसँग विवाद भएपछि ‘सक्किगोनि नाममा उनै कलाकारले टेलिसिरियल सुरु गरेका हुन् ।
अहिले ओएसआर डिजिटल नामक युट्युव च्यानलबाट प्रशारण हुने सक्किगानिले बच्चा देखि वृद्दसम्मको मन जित्न सफल भएको छ ।
Facebook Comments