चर्चित कलाकार बीएस राणाको ७८ बर्षको उमेरमा निधन

चर्चित कलाकार बीएस राणाको ७८ बर्षको उमेरमा निधन
तस्विर सौजन्य : सेतोपाटी

माघ १८, काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको छ ।

केही समयदेखी बिरामी परेका राणा उपचारको क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।

एक हप्ता अगाडि स्वासप्रश्वासमा समस्या देखिएपछि राणालाई अस्पताल भर्ना गरिएको थियो ।करिब १ सय भन्दा बढि चलचित्रमा काम गरका राणाले अभिनय गरेका दर्पण छाया २, सेतो बाघ, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, नेपाली बाबु, चिनो लगायतका चलचित्रहरु चर्चामा छन् ।

वि.सं २०४१ सालबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका राणाको ७८ बर्षको उमेरमा निधन भएको हो ।