प्रकाश सपुतको अभिनय रहेको ‘जिन्दगी यस्तै रहेछ’ सार्वजनिक
काठमाडौं, १६ साउन ।
गायक तथा मोडल प्रकाश सपुतको अभिनय रहेकोनयाँ गीत ‘जिन्दगी यस्तै नै रहेछ’ सार्वजनिक भएको छ ।
तीजलाई लक्षित गरेर निर्माण गरिएको उक्त गीत लोक गीतको धुनमा गाइएको छ ।
गीतमा गायिका सुरक्षा सिन्चुरी र अजय कार्कीले स्वर दिएका छन् भने भिडियोमा प्रकाश सपूत र समीक्षा बस्नेतले अभिनय गरेका छन् ।
गायिका सिन्चुरी रियालिटी शो भ्वाइस अफ नेपाल सिजन तीन बाट बाहिरिएकी प्रतिस्पर्धी हुन्, उनी सिजन तीन को नकआउट चरणबाट बाहिरिएकी थिइन् ।
उक्त गीत गीतकार तथा मोडल दर्पन राईले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियो आरके मानन्धरले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक राई स्वयंको रहेको छ ।
यस गीतमा शब्द तथा संगीत गायक कार्कीकै रहेको छ ।
गीत एमएएस इन्टरटेनमेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको हो ।
Facebook Comments