उषा र लोमुश अभिनीत ‘एक बचन बोल्दैमा’ सार्वजनिक
५ मंसिर, काठमाडौं ।
गायक सुदिप कुमार थकालीको स्वर रहेको नयाँ गीत ‘एक बचन बोल्दैमा’ सार्वजनिक भएको छ ।
दुई प्रमीबीचको प्रेम र आकर्षण झल्किएको यो गीतमा मोडलद्धय उषा उप्रेती र लोमुश शर्माले अभिनय गरेका छन् ।
तामाङ सेलो शैलीमा निर्माण भएको यो गीतमा आँशु लामाको शब्द तथा संगीत छ ।
राम केसीले छायांकन गरेको यो भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् ।
Facebook Comments