नेपाली सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो आईपीओ खुल्यो, कहिलेसम्म भर्ने ?

नेपाली सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो आईपीओ खुल्यो, कहिलेसम्म भर्ने ?

काठमाडौं, २ माघ ।

नेपालको सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ  आजबाट खुलेको छ ।

नेपालको पहिलो पूर्वाधार  इन्फ्रास्ट्रक्चर बैंकले  ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो । 

कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ। प्रतिकित्ता १ सयका दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर पोर्टल तथा एपमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ।

सबैभन्दा ठूलो आकारको आईपीओ भएकाले पनि यसमा कसैको हात खाली नहुने अध्ययनले देखाएको छ । अध्ययनअनुसार धेरै आवेदन पर्दा पनि प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ। नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर निस्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल रहेको छ । 

कहिलेसम्म आवेदन दिन

यो आइपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन मिल्नेछ । अर्थात माग ६ गते भित्र माग भएजति आवेदन परेको खण्डमा ६ गते नै बन्द हुनेछ भने मागभन्दा कम आवेदन परेका बढिमा १६ गतेसम्म आवेदन दिन सकिनेछ ।