लमजुङमा दोर्दीखोलामा आएको बाढीमा परि ४ जनाको मृत्यु, ७ बेपत्ता

लमजुङमा दोर्दीखोलामा आएको बाढीमा परि ४ जनाको मृत्यु, ७ बेपत्ता
file photo

साउन ८, लमजुङ  । 
लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्।

दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

उक्त क्षेत्र आसपासका स्थानीय र दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार बाढी आउँदा भागेका थिए । भाग्ने क्रममा आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक गुरुङले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।