७२ अंकले बढ्यो नेप्से, साढे ६ अर्ब बढिको कारोवार
काठमाडौं, २२ मंसिर ।
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ७२ अकंले बढेको छ।
गत दुई कारोबार दिनमा १३९ अंकले घटेको बजार सोमबार ७२ अकंले बढेर २००४.२९ विन्दुमा पुगेको हो।
यसअघि गत बुधबार नेप्से सूचक हालसम्मकै उच्च विन्दु २०७१ मा पुगेको थियो।
दुई दिनको करेक्सनपछि बजार पुनः उकालो लागेको हो। आज कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ।
आज व्यापार उप समुहको सूचक सबैभन्दा धेरै ६.५७ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स उपसमूहको ६.०४ प्रतिशत, उत्पादनमूल्क ५.०९ प्रतिशतले बढेका छन्। बैंकिङ्ग उपसमूहको सूचक पनि २.२३ प्रतिशतले बढेको छ।
दिनभरिमा २०६ वटा कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा खरिद बिक्री भएका छन ।।
Facebook Comments