पन्ध्र घण्टापछि बुटवल पाल्पा सडक एकतर्फी खुल्यो

पन्ध्र घण्टापछि बुटवल  पाल्पा सडक एकतर्फी खुल्यो

५ साउन, बुटवल । 
पहिरोको कारण बन्द भएको बुटवल- पाल्पा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिक आइतबार राति करिब ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक सोमबार बिहान साढे ११ बजे बाट एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लगातार भइरहेको वर्षाले उक्त स्थानमा एक सातादेखि पहिरो खस्न शुरु भएको थियो ।  पहिरो सखेको ढिकको केही अशं अझै पनि सडकको माथिल्लो भागमा रहेकाले उक्त पहिरोको क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।