६ गतेसम्मलाई नेकपा स्थायी कमिटी बैठक स्थगित

६ गतेसम्मलाई नेकपा स्थायी कमिटी बैठक स्थगित
file photo

४ साउन, काठमाडौं । 
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी  साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

नेकपाको अन्तरद्वन्दका कारण स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।