सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिँदै

सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिँदै

काठमाडौं, २२ मंसिर ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाई मंगलबार सार्वजनिक गरिने भएको छ ।

नापी विभागको आफ्नै जनशक्ति प्रयोग गरेर विभागकै प्रयोगशालामा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्कहरु प्रशोधन गरि सगरमाथाको उचाई सम्बन्धी पछिल्लो परिणाम निकालिएको विभागले जनाएको छ ।

काठमाडौंमा पत्रकार भेट आयोजना गरि दिइएको जानकारी अनुसार सगरमाथाको उचाईबारे मित्रराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा समेत छलफल भइसकेको छ ।

सगरमाथाको हालको उचाई मापनमा योगदान पुयाउने व्यक्तिहरुलाई कार्यक्रममा सम्मान गरिने जानकारी पनि विभागले दिएको छ ।