प्रहरी र विप्लव समूहबीच काभ्रेमा ‘दोहोरो फायरिङ’

प्रहरी र विप्लव समूहबीच काभ्रेमा ‘दोहोरो फायरिङ’

चैत ५, काठमाडाैं । 

काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच काभ्रेमा दोहोरो फायरिङ भएको छ।

मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखा टेकुको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो।

ललितपुरको नख्खुमा फागुन १० गते भएको बम विस्फोटको अनुसन्धानका क्रममा काभ्रे पुगेको अपराध महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो। 

अपराध महाशाखाका एसपी केदार ढकालका अनुसार मोबाइल टावरका आधारमा विप्लव कार्यकर्ता खोज्दै गएको प्रहरी टोलीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो। एसपी ढकालका अनुसार काभ्रेको रोशी गाउँपालिकामा गोली चलेको हो।

 फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले उनका कार्यकर्तामाथि निगरानी बढाएको हो।