बेलहिया नाकामा कोरोना सहायता कक्ष

बेलहिया नाकामा कोरोना सहायता कक्ष

२० माघ, बुटवल । 
चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि १२ देशमा फैलिसकेको कोरोना भाइरस रोकथामको प्रयास स्वरुप स्थलमार्ग हुँदै भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा कोरोना भाइरस जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले  कोरोना भाइरसको जोखिमलाई मध्यनजर सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको थियो । 

भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि यस क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो । 

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।