छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
साउन ८, काठमाडौं ।
निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।
जिल्ला अदालत, काठमाडौंले बुधवार बहु विवाहसम्बन्धी कसुरका आधारमा थप अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल, कालीमाटीले अनुसन्धान शुरु गरेको थियो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी गरेको पुष्टि गरे । उनका अनुसार छवि र शिल्पाको खोजी कार्य शुरु भएको छ ।
नायिका शिल्पा पोखरेल र छविराज ओझाले वि.सं. २०७३ साल असार २९ गते बिहे गरेका थिए । तर यी दुईले विवाह दर्ता भने ६ महिनाअघि मात्र गरेका थिए ।
Facebook Comments