वर्षाको आक्रोश: ' यो देशमा साँच्चै नै न्याय मरिसकेको हो?'

वर्षाको आक्रोश: ' यो देशमा साँच्चै नै न्याय मरिसकेको हो?'

काठमाडौं, २४ जेठ। 
नायिका वर्षा शिवाकोटीले पिछल्लो समय चर्चामा रहेको चितवनकी सविता भण्डारी मृत्युवरण र राउटे युवतीमाथी भएको यौन हिंसामा राज्यको न्याय प्रशासन प्रभावकारी नभएको भन्दै आपत्ति जनाएकी छिन् । 

सोमबार सामाजिक सञ्जालमा लेख्दै नायिका शिवाकोटीले समाजमा कारूणिक घटनालाई मसला बनाएर युट्युबरहरू संवेदनशील विषयमा चर्तिकला देखाइरहेको भन्दै राज्यको न्याय प्रशासन भन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनुलाई  न्याय मर्नु सँग जोडेर आक्रोश व्याक्त गरेकी छिन्।

न्याय दिने निकाय किन यस्ता घटनामा तुरुन्त एक्सनमा उत्रदैनन् भन्दै उनले प्रश्न गरेकी छिन्।

"बुबा समानका ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाले हाम्रो समाजको विकृत पक्षलाई उजागर गर्छन्," उनले लेखेकी छिन्।

"यस्तो कारूणिक घटनालाई मसला बनाएर युट्युबरहरू संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन्। राज्यको न्याय प्रशासन भन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो। अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी छ। घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं। सक्छौँ भनें, हामी सबै मिलेर राज्यलाई दबाब सृजना गरौं। व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ। युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पिडा होला ख्याल गरौं," उनले लेखेकी छिन ।