नेकपा स्थायी कमिटी बैठक स्थगित, अब २४ गते बस्ने

नेकपा स्थायी कमिटी बैठक स्थगित, अब २४ गते बस्ने

२२ असार, काठमाडौं । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार बिहान ११ बजे तय गरिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट गर्दै सोमबारका लागि तय भएको बैठक असार २४ गते ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका हुन्।

नेकपा स्थायी कमिटीको बैठक यसअघि पनि पटक पटक स्थगित भएको छ। शनिबारका लागि बोलाइएको बैठक सोमबार (आज) सम्मका लागि स्थगित भएको थियो।

यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी बिहीबारको स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ।