रुपन्देहीमा जिल्लामा छ हजार सक्रिय संक्रमित, हालसम्म २५३ जनाको मृत्यु

रुपन्देहीमा जिल्लामा छ हजार सक्रिय संक्रमित, हालसम्म २५३ जनाको मृत्यु

बुटवल, २४ वैशाख । 
स्पन्देही जिल्लामा पछिल्लो २४ भण्टामा ७८२ जना कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाभर सक्रिय संक्रमितको संख्या छ हजार पुगेको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १२२१ जनाको पिसीआर परिक्षण र ६४ जनाको एन्टीजेन परीक्षणमा ७८२ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयमा रुपन्देहीमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

रुपन्देहीमा हाल सक्रिय संक्रमितको संख्या छ हजार पुगेको छ भने हालसम्म् १० हजार ६२१ जनाले कोरोना जितेर घर फर्किएका छन् । 

रुपन्देहीका विभिन्न पालिकामा पाँच हजार ७३१ जना होम क्वारेन्टिमा छन् ।