ललितपुर महानगरपालिकाद्वारा गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग

ललितपुर महानगरपालिकाद्वारा गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग

काठमाडौं, ७ फागुन ।  
ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ । 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई एक कार्यक्रमका बीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। 

प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको  प्रशंसा गर्दै सो रङ्गशालाले नेपाललाई अन्तरराष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे । 

“आउँदो १४ महिनामा रङ्गशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्ने विश्वास लिएका छौँ, यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्न हुनेछ” कट्टेलले भने । रङ्गशालामा २२ विधाका खेल खेल्न सकिन्छ कट्टेलले जानकारी दिए।