टी-२० सिरिजको दोस्रो खेलमा नेपालद्वारा युएई ४ विकेटले पराजित

टी-२० सिरिजको दोस्रो खेलमा नेपालद्वारा युएई ४ विकेटले पराजित
तस्विर सौजन्य : Courtesy UAE cricket officials

माघ १८, काठमाडौं ।   युएई विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । युएईले दिएको एक सय ८ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९.३ ओभरमा एक सय ११ रन बनाउँदै पूरा गरेको हो ।
 
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४७ रनको योगदान गरे । ४ चौका र १ छक्का प्रहार गरेका ऐरी अविजित रहे ।  नेपालको कप्तान पारस खड्का बिना खाता खोलि आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन बनाए । करण केसीले २० रन बनाउँदा ओपनर प्रदीपसिंह ऐरीले ८ रन बनाए । 

युएईका लागि सुल्तान एहमदले सर्वाधिक २ विकेट लिए । यस्तै महोम्मद नाभिद, आमिर हायात, इमरान हैदर र जोहर खानले समान १/१ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको युएईले सबै विकेट गुमाइ १९.२ ओभरमा एक सय ७ रन जोडेको थियो । युएईलाई सस्तैमा रोक्नका लागि नेपालका लागि अविनाश बोहोराले ३, सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए ।  

युएईका लागि सिपि रिजवानले सर्वाधिक ४४ रनको योगदान गरे । यस्तै साइमान अनवरले १४ रन र महोम्मद बुटाले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक छुन सकेनन् । 

जितसँग नेपालले श्रृंखला १/१ को बराबरी गरेको छ । सिरिजको निर्णायक खेल आइतबार हुनेछ ।