नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने

नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने

ऐजेन्सी, २१ साउन । 
स्पानिस टेनिस स्टार राफेल नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने भएका छन् ।

नाडालले सामाजिक संजालमा लेख्दै कोरोना भाइरस महामारीको कारण विश्वभर कठिन अवस्था रहेकाले नाडालले युएस ओपन नखेल्ने बताएका हुन् ।

नाडालले यो निर्णय लिन कठिन भएको तर आफ्नो मनलाई पालना गरेको लेखेका छन् ।

अमेरिकाको टेनिस एसोसिएसनले आगामी अगष्ट ३१ बाट युएस ओपन टेनिस गराउने तयारी गरेको छ ।

नाडालले गत वर्ष डानिल मेडभेडेभलाई पराजित गर्दै चौथो पटक युएस ओपनको उपाधि जितेका थिए ।